११ कार्तिक २०८१, आइतबार 1730009473
Banner

यूएईमाथि नेपालको जित

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको छ । प्लेअफअन्तर्गत केही बेरअघि सकिएको खेलमा युएईमाथि ३ विकेटको जित पाएसँगै नेपालले सातौं स्थानका लागि मंगलबार आयरल्यान्डसँग भेट पक्का गरेको हो।

जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो। युएईविरुद्ध सुरुवातमा खराब ब्याटिङ गरेको नेपालको इनिङ दिपेन्द्रसिं ऐरी र सन्दिप लामिछानेले उकासे।

नेपालको जितमा ऐरीले विस्फोटक ब्याटिङ गर्दै अविजित रहेर सर्वाधिक ७९ रनको योगदान गरे। कुशल भुर्तेलले ३५ रन बनाए भने सन्दिप लामिछाने २३ रनमा अविजित रहे।

लामो समय बेञ्चमा रहेर मैदान उत्रिएका ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले आज खासै राम्रो प्रदर्शन गर्न सकेनन्। साउद १ रनमै आउट हुँदा मल्ल १३ रनमा पेभेलियन फर्किए।

त्यसअघि जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलव ५ ओभरमा १८१ रनमा अलआउट भयो।

युएईका लागि कप्तान वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान गरे। रोहन मुस्तफाले ३५ तथा बासिल हमिदले २९ रनको योगदान गर्दा आर्यन शर्माले २८ रन जोडे।

युएईलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने र करण केसीले ३र३ विकेट लिए। प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट हात पारे।

नेपालसँगको हारसँगै युएईले अब नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।