११ कार्तिक २०८१, आइतबार 1730016766
Banner

एसीसी यू–१६ को फाइनल खेल आज, उपाधिका लागि नेपाल र मलेसिया भिड्दै

काठमाडौँ । एसीसी यू –१६ इस्ट जोन कपको फाइनल खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा फाइनल खेल हुनेछ । खेल नेपाली समय अनुसार अहिले बिहान ७ः १५ बजेबाट सुरु हुनेछ ।

नेपालले यसअघि दुई वटा उपाधि हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उद्देश्यसहित मैदानमा उत्रन लागेको हो ।

यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।