११ कार्तिक २०८१, आइतबार 1730024424
Banner

अर्घाखाँची पहिरोले घर परिँदा ३ जनाको मृत्यु

काठमाडौं। अर्घाखाँचीको पाणिनिमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा १ पणेनास्थित गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोखरेलले बताए ।

उनका अनुसार स्थानीय गंगा रास्कोटीका छोराछोरी ९, १० र ११ वर्षका धनबहादुर रास्कोटी, खुमबहादुर रास्कोटी र अन्जना रास्कोटीको मृत्यु भएको छ । घटनामा घाइते सचिन रास्कोटीको उपचारका लागि पाल्पा पठाइएको छ। उनको अवस्था सामान्य छ।

आज बिहान करिब साढे ६ बजेतिर आएको पहिरोले घर पुरेको थियो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घनानामा टोली पुगेको र सबै विवरण आई नसकेको जनाएको छ।