२७ भदौ २०८३, शनिबार 1789257537
Banner

प्रेमिका हातपात प्रकरण : सुरक्षा माग्दै ललितपुर अदालतका सबै कर्मचारी सर्वोच्चमा

काठमाडौं। काम गर्ने वातावरण नभएको र वकिलबाट असुरक्षा बढेको भन्दै जिल्ला अदालत ललितपुरका कर्मचारी सर्वोच्च अदालत पुगेका छन्।

जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार विष्णु पाण्डेयसहित सबै कर्मचारी सुरक्षा माग गर्दै सर्वोच्च अदालतका मुख्यरजिष्टार लालबहादुर कुँवरको कार्यकक्षमा पुगेका छन् ।

नेपाल बार एशोसिएशनका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले आफ्नो र नासु प्रेमिका तामाङको नामै किटेर भ्रष्टाचारको आरोप लगाउँदै सरुवा माग गरेको र धम्की दिएकाले असुरक्षित भएर सर्वोच्चमा आएको कर्मचारीहरुले बताएका छन् ।

नेपाल बारले नासु प्रेमिका तामाङले अदालतको आदेशको कपी माग्दा अधिवक्ता अमिर लामिछानेसँग घुस मागेको आरोप लगाउँदै उनीसहित श्रेष्तेदारको सरुवा माग गरेको छ।

प्रेमिका र अमिरबीच हात हालाहालको प्रकरणले ठूलो रूप लिएको छ। अहिले अमिर साधारण तारेखमा रिहा भए पनि बारले उनीमाथि लगाइएका आरोप झुठा भनेको छ। बारले बारदातको समयमा सिसिटिभी फुटेज देखाउन चुनौती दिएको छ।