११ कार्तिक २०८१, आइतबार 1730038415
Banner

प्राधिकरणका महानिर्देशक हटाउन मन्त्री किरातीले भेटे प्रधानमन्त्री

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्पष्टीकरण नदिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन्।

किरातीले मंगलबार प्रधानमन्त्री प्रचण्डसँग मन्त्रालयले सोधेको स्पष्टीकरण नदिएको र स्वायत्त निकाय हो भन्दै फेसबुकमा टिप्पणी लेखेकोबारे ‘एक्सन’ लिनुपर्ने बताएका थिए।

किरातीले प्रधानमन्त्री प्रचण्डलाई तालुकवाला निकायले प्रक्रिया पुर्‍याएर सोधेको स्पष्टीकरणको जवाफ नदिने हो भने आफू मूकदर्शक नबन्ने बताएको छ ।

छलफल गरेर टुंगोमा पुग्ने प्रधानमन्त्रीले मन्त्रिपरिषदमा त्यसबारे कुरा नउठाएपछि मन्त्री किरातीले मन्त्रालयगत निर्णय गरेर कारबाहीको सिफारिस गर्ने तयारी गरेका छन्।

पर्यटनमन्त्री किरातीले गत मंगलबार महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए। मन्त्री किरातीले उक्त स्पष्टीकरणको जवाफ सात दिनभित्र मागेका थिए।

लगत्तै महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरूरी वा गोप्य पत्र भनि लेखेर सोध्नु पर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने बताएका थिए।