११ कार्तिक २०८१, आइतबार 1730044965
Banner

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बुधबार प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् बैठक अवरुद्ध गरेको थियो ।

(एमाले) को अवरोधपछि दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको थियो ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

राष्ट्रियसभा बैठक पनि आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

हिजो दिउँसो २ बजेर ३१ मिनेटमा बोलाइएको बैठक प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।