३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 5:41 pm
समाचार

बाँकेको कारागारमा एक कैदी मृत फेला

सूचना प्रेस २०८० असार २१ बिहिबार ००:००, १०:३८ बजे १ मिनेट पढाइ

बाँके। बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन्।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए। गुप्ताले तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए।

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आचार्यले बताए।