१० कार्तिक २०८१, शनिबार 1729980690
Banner

प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन अध्यक्षको आग्रह

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिने वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको केही दिनअघिको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रधानमन्त्रीको व्यापक विरोधपछि संसद चल्न नसकिरहेका बेला राष्टियसभाका अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई यस्तो आग्रह गरेका हुन् ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा सुरुमै एमालेले उठेर विरोध गरेको थियो । त्यसपछि अध्यक्ष तिमिल्सनाले एमाले सांसद विमला घिमिरेलाई बोल्न समय दिएका थिए ।

एमाले सांसद घिमिरेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसदको कार्यसूची अगाडि नबढाउन आग्रह गर्दै नेपालको प्रधानमन्त्री नेपालले बनाउँछ कि दिल्लीले भनी प्रश्न गरेकी थिइन् ।

संसदमा अवरोध जारी रहँदा बजेटमाथिको छलफललाई निष्कर्षमा पुर्याउन नसक्ने र १५ दिनपछि स्वतः प्रतिनिधिसभामा जाँदा राष्ट्रिय सभाको भूमिका न्यून हुन जाने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

Tags :