१० कार्तिक २०८१, शनिबार 1729981198
Banner

प्रतिनिधि सभाको बैठक आइतबारसम्म स्थागित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थागित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गरेपछि सभामुखले प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरेका हुन् ।

शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्द नबसी स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन ।

संसद अवरुद्ध हुँदा विधेयक मिटरब्याज सम्बन्धी विधेयक पास हुन नसक्नु राम्रो नभएको उल्लेख गर्दै उनले दलहरुको ध्यानाकर्षण गरेका छन् । उनले भनेका छन्, ‘तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजिकरण गर्न म तयार छु । पर्सिसम्ममा सहमति गर्नुहोला ।’

Tags :