१० कार्तिक २०८१, शनिबार 1729980914
Banner

भोलि तीन बजेसम्मका लागि सर्याे प्रतिनिधिसभा बैठक

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक भोलि (सोमबार) बस्ने भएको छ ।

आइतबार संसद सचिवालयले एक सूचना जारी गरी यस्तो जानकारी दिएको हो ।

‘आज मिति २०८० असार २४ गते आइतबार दिनको एक बजे बस्ने गरी तोकिएको प्रतिनिधिसभाको प्रतिनिधिसभा नियमावली, २०७९को नियम ६ को उपनियम–३ बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को मिति २०८० साल असर २५ गते सोमबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्योहोरा सम्माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

आज दिउँसो एक बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक प्रधानमन्त्रीको आग्रहमा ३ बजे बस्ने भनिएको थियो ।

Tags :