१० कार्तिक २०८१, शनिबार 1729995064
Banner

काठमाडौं महानगरअगाडि ‘गरिखान देउ’ भन्दै विरोध प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिका अगाडि गरिखान देऊ भन्दै विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरुले महानगरपालिकाको कार्यालयअगाडि गरीखान देऊ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

साथै, उनीहरुले नगरप्रमुख बालेन शाहले चुनावअगाडि गरिबको चमेली बोलिदिने कोहट्ठ छैन भन्दै गाएको गीत गाउँदै विरोध पनि गरेका छन् ।

महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथ खाली गर्ने नाममा जीविकोपार्जन गर्ने मान्छेहरुलाई काठमाडौंमा टिक्नै नदिएकाले विरोधमा उत्रिनुपरेको उनीहरुको भनाइ छ ।

Tags :