१० कार्तिक २०८१, शनिबार 1729988064
Banner

प्रधानमन्त्री पत्नी सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान गरिने

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।

बैठकले सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान दिने निर्णय भएको मन्त्री अमनलाल मोदीले जानकारी दिए ।
कार्डियाक अरेस्टका कारण आज बिहान नर्भीक अस्पतालमा ६९ वर्षीया दाहालको निधन भएको थियो । दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटको सम्मानसहित अन्तिम संस्कार गरिने भएको छ ।

मध्यान्न १२ बजे सिंहदरबारमा बसेको थियो ।

Tags :