८ मंसिर २०८१, शनिबार 1732348077
Banner

जनप्रतिनिधिसँग जनताको इगो, ‘पख्लास्, अर्को चुनावमा भोट माग्न आउँलास्’

काठमाडौं । देश संघीय प्रणालीमा गएपछि सबैभन्दा बढी समस्या देखिएको भनेको सरकारी निकायहरूबीचमा समन्वय अभाव हो । सरकारी निकायबीच समन्वय नहुँदा जनताले त्यसको सास्ती भोग्न परिरहेको छ ।

स्थानीय तहको जनप्रतिनिधिहरू प्रेदश र संघीय सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई बेवास्ता गर्दा विकास निमार्णका काममा ठुलो समस्या पैदा हुने गरेको बताउँछन् । उनीहरू स्थानीय तहका जनप्रतिनिधिसँग संघ र प्रेदशका माननीय तथा सरकारी कार्यालयहरूले अनिवार्य सहकार्य गर्नु पर्ने बताउँछन् ।

यो समस्या सबैभन्दा बढी काठमाडौं उपत्यका भित्रका स्थानीय तह र वडाहरूमा बढी देखिन्छ । संघीय सरकार र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगर्दा काठमाडौं महानगरपालिकाले बजेट अस्वीकार गर्ने घोषणा नै गरिसेकेको छ । तर, अन्य स्थानीय तहले संघ र प्रेदशको बजेट स्वीकार गरेपनि समस्या धेरै छ ।

समन्वय नहुँदा के समस्या छ ?

संघीय सरकार, प्रेदश सरकार, स्थानीय तहलगायत विभिन्न मन्त्रालय अन्तर्गतका विभागहरू, प्राधिकरणहरू र कार्यलयहरूले पनि यही काम गर्नुपर्छ । खानेपानी, ढल व्यवस्थापन, विद्युत्, टेलिफोन, इन्टरनेट, उपत्यका सडक विस्तार आयोजना, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायत कार्यलयहरू पनि यही क्षेत्रमा काम गर्दा समन्वय नहुने बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्र श्रेष्ठको भनाई छ ।

स्थानीय तहका जनप्रतिनिधिहरू आफ्नो प्रतिवद्धता अनुसार सडक निर्माण, खानेपानी व्यवस्थापन, ढल व्यवस्थापन गर्छन् । तर, स्थानीय तहले उक्त काम गरेको केही समय पछि अर्को कार्यालय आएर त्यही ठाउँमा काम गर्दा बनिसकेको संरचना भत्काउँछन् ।

यो समस्या विशेष गरी सडक निर्माणमा हुन्छ । एउटा कार्यालयले सडक निर्माण गरिसके लगतै अर्को कार्यालय आएर आफ्नो कामका लागि सडक खन्न थाल्छ । जस्तो स्थानीय तहले सडक बनाएपछि खानेपानी कार्यालय वा इन्टरनेट, टेलिकम, विद्युत् प्राधिकरणमध्ये एउटा कार्यालय आएर विभिन्न बाहानामा खन्न थाल्छ । त्यस कारण काठमाडौं उपत्यका बर्षामा हिलो र हिउँदोमा धुलो भइरहन्छ ।

सबै सरकारी कार्यालयहरूले एउटै प्रारूपमा काम गर्न स्थानीय तहसँग सबैले समन्वय गर्नुपर्ने स्थानीय जनप्रतिनिधिको माग छ ।
संघीय, प्रेदश र स्थानीय तहको जनप्रतिनिधि एउटै पार्टीको भएको अवस्थामा राम्रो समन्वय हुने गर्दछ । तर, फरक पार्टीको भएको अवस्थामा आफ्नो कार्यकाल भरी एक पटक पनि उनीहरू विकास निर्माणको सन्दर्भमा छलफल गर्दैनन् । बुनपा–२ का अध्यक्ष श्रेष्ठ संघीय सांसद गगन कुमार थापाले आफू सदस्य हुँदा र अहिले अध्यक्ष हुँदासमेत कुनै छलफल नगरेको बताउँछन् । यद्यपि, प्रदेशसांसद आफ्नो पार्टीकै भएका कारण छलफल हुने उनी बताउँछन् ।

विकासको अवस्था र योजना ?

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा भौतिक निर्माणको काम ८० प्रतिशभन्दा बढी सकिएको छ । भौतिक निर्माणका नयाँ योजनाहरू भन्दा पनि यहाँ भएको भौतिक संरचनाहरूलाई मर्मत संहार र संरक्षण गर्न मात्र पर्ने छ ।

बस्ति बढेका कारण खानेपानी व्यवस्थामा नयाँ नयाँ योजना थाल्नुपर्छ । बस्ति विस्तारसँगै मुहानहरू खोज्नु पर्छ । डिपबोरिङलगायतको योजनाहरू सुरु गर्नु यो वडाको लागि खानेपानी व्यवस्थापनको उपायहरू थालिएको छ ।

अब यहाँ गर्नुपर्ने भनेको शिक्षा, स्वास्थ्यलगायतको विषयमा मात्र गर्नुपर्ने छ । यो वडामा एउटा मात्र सामुदायक विद्यालय छन् । उक्त विद्यालय पनि विगत १ वर्षमा धेरै राम्रो भएको अध्यक्ष श्रेष्ठको दाबी छ । उनले अब उक्त विद्यालयलाई हरेक हिसावमा उत्कृष्ट बनाउनका लागि आफै लागेको श्रेष्ठ बताउँछन् ।

स्वास्थ्यको क्षेत्रमा खास समस्या छैन । यहाँ सामान्यतय सरकारी स्वास्थ्य केन्द्रहरूमा मानिसहरू मानिस उपचार गर्न आउँछन् । यहाँ औषत २५ वटा जति फार्मेसी वा स्वास्थ्य केन्द्र छन् । तर, पनि वडा कार्याकालयले सरकारी स्वास्थ्य सेवालाई घर–घरमा पु¥याउन योजना बनाइरहेको छ ।
अहिले यो वडामा सबैभन्दा चुनौति बन्दै गएको छ– सार्वजनिक जग्गा । वस्ति बढ्दै गएसँगै सार्वजनिक सम्पतिमाथिको अतिक्रमण बढ्दो छ । सार्वजनिक जग्गा संरक्षण गर्न वडा कार्यालयले अहिले पहिलो प्राथमिकता दिएर काम गरिरहेको छ ।

सार्वजनिक जग्गामा मानिसहरूले विभिन्न भौतिक संरचना बनाउने योजना बनाउँछन् । तर, वडा कार्यालयले भने यसलाई खुला र पार्कको रूपमा विकास गर्ने योजना छ ।

जनतासँग अध्यक्षको अपेक्षा

जनताले जनप्रतिनिधिसँग अपेक्षा राख्नु स्वभाविक हो । तर, जनप्रतिनिधिको पनि जनतासँग अपेक्षा हुन्छ । त्यस्तै अपेक्षा वडाध्यक्ष श्रेष्ठको पनि जनतासँग आफूलाई चुनावको विषय जोडेर इगो नसाधोस् भन्ने छ । उनी भन्छन्, ‘काम गर्ने क्रममा असहमती राख्ने मानिसहरू पख्लास्, अर्को चुनावमा भोट माग्न आउँलास् नी भन्छन्, त्यसो नभनिदिए हुन्थ्यो ।’

आफू सेवा भावले राजनीतिमा लागेको उनी बताउँछन् । उनी भन्छन्, ‘मलाई नराम्रो केही गर्नु छैन, मैले जाने र सेकेसम्म राम्रो गर्ने हो ।’
२०७४ मा वडा सदस्यको जिम्मेवारी सम्हालेका श्रेष्ठ अहिले अध्यक्ष हुँदासम्म आफूले जनतासँग गरेको प्रतिवद्धता पुरा गर्ने क्रममा चुनौति वा धेरै समस्या नभएको बताउँछन् । उनले आफूले जनताको बिचमा रहेर उनीहरूकै इच्छा र आकांक्षा अनुसार काम गर्ने हुँदा काममा चुनौति नआएको दाबी गर्छन् ।

बुनपा–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठसँग सूचनाप्रेसका लागि सञ्जय श्रेष्ठले गरेको कुराकानीमा आधारित