१० कार्तिक २०८१, शनिबार 1729987664
Banner

न्यायाधीश नियुक्तिका लागि प्रयासरत छु : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू न्यायाधीश नियुक्तिमा प्रयासरत रहेको बताएका छन् ।

आइतबार सञ्चारकर्मीहरुसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

कार्कीले भने, ‘अझै पनि समय छ, न्यायाधीश नियुक्तिमा प्रयासरत छु ।’ उनले वस्तु निष्ठताका आधारमा न्यायाधीश नियुक्त हुनुपर्नेमा समेत जोड दिए ।

सर्वोच्च अदालतमा ७ जना तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाली हुँदैछ ।

संवैधानिक व्यवस्थाअनुसार एक एक महिना अगाडि नै सिफारिस हुनुपर्ने हो । तर अहिलेसम्म न्याय परिषदको बैठक बस्न सकेको छैन ।

Tags :