१० कार्तिक २०८१, शनिबार 1729987798
पालिका

सम्पदा क्षेत्रमा सवारीसाधन व्यवस्थापनबारे छलफल भइरहेको छ : अध्यक्ष मचाराज महर्जन

काठमाडौं । काठमाडौं महानगर वडा नम्बर २३ का अध्यक्ष याचाराम महर्जनले १९, २३, २४, २० का वडा अध्यक्षहरु तथा स्थानीयबीच सम्पदा क्षेत्रमा सवारी साधान व्यवस्थापनबारे छलफल भएको बताएका छन् ।

शुक्रबार काठमाडौं महानगरपालिकाको १३ औं नगरसभाको बैठकमा कामपा २३ वडाका अध्यक्ष मचाराज महर्जनले सम्पदा क्षेत्रका स्थानीय वासीहरुको सवारी सधानलाई निषेध गर्न व्यवहारिक नभएको बताएका छन् ।

असार ३१ गते सम्म निष्कर्ष निकाल्ने गरी काम भएकोले सो बैठकमा उनले मेयर बालेनलाई समेत बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

उनले भने ‘२०५८ सालको सहमति कार्यन्वय गर्नुु पर्छ, स्थानीयहरुको मागको व्यवस्थापन, जुन घरमा उनीहरुलाई थुनिराखेका छौ, के पाप गरेको छ उनीहरुले, त्यस्तो गर्न पाईन्छ कि पाईदैन, कसैको अधिकार प्रयोग गर्न अरूको अधिकारलाई पनि ध्यान दिनुपर्छ ।’

पुरातत्व विभागले पनि पत्र पठाएर स्थानीयको सवारी सधानलाई व्यवस्थित गर्ने गरी कार्यक्रम लागु गरेकोमा विभाग सहज भएको भन्ने आशसयको साथ पत्र पठाएकोले सो तर्फ ध्यान दिन पनि उनले प्रमुख बालेनलाई ध्यानाकर्षण गराएका थिए ।

Tags :