८ मंसिर २०८१, शनिबार 1732373270
Banner

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, होला त बैठक लाइभ ?

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकका लागि लागि १० वटा एजेन्डा तय गरिएको छ। विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्छ । तर, एक वर्षपछि बैठक बस्न लागेको हो । कांग्रसेले पहिलो प्रस्तावको रुपमा समसामयिक विषय, आर्थिक, राजनीतिक, सुशासन लगायत बर्तमान मुद्द्धामा केन्द्रीय सदस्यहरुले छलफल गर्ने तय गरेको छ ।

त्यसैगरी पार्टीको सांगठनिक कार्ययोजना, प्रतिनिधि सभा निर्वाचन परिचालन समितिको प्रस्ताव, नीति महाधिवेशनको खाका लगायतका १० वटा विषयमा प्रस्ताव रहेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

पार्टीको विभाग गठनलाई पूर्णता र केही विभागको भूमिकाको व्याख्या समेत गर्ने केन्द्रीय समिति बैठकमा प्रस्ताव रहेको छ ।

त्यसैगरी पार्टीलाई सशक्त वनाउन र जनतासंग जोड्ने कामका लागि राष्ट्रव्यापी अभियान घोषणाको प्रस्ताव पनि गरिएको छ । बैठकमा केन्द्रीय अनुशासन समितिको प्रस्ताव पेश हुने तथा संसदमा कांग्रेसको भूमिकाका बारेमा प्रमुख सचेतकले केन्द्रीय समितिमा राख्ने प्रस्ताव छ ।

पार्टी सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि रहदै आएको बैठकमा कुरा उठेपछि आजको बैठकको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको कांग्रेसले जनाएको छ। कांग्रेस महानमन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाउँदै आएकाले आजको बैठक लाइभ गर्न सभापतिले प्रस्ताव गरेका हुन । संस्थापन पक्षले महामन्त्रीद्वय थापा र शर्मालाई नै प्रश्न उठाउने तयारी गरेपछि आजको बैठकलाई चासोका रुपमा हेरिएको छ ।