७ मंसिर २०८१, शुक्रबार 1732310477
Banner

बिरोध गर्नेहरुलाई कामबाटै जवाफ दिन्छौं : महेश बस्नेत

भक्तपुर – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केही मान्छेले विरोध गर्दैमा त्यसको जवाफ दिँदै हिँड्न नसकिने बताउनुभएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले विरोध गर्नेलाई कामबाटै जवाफ दिनुपर्ने बताउनुभयो । ‘हाम्रो काम नै जवाफ हो’, बस्नेतले भन्नुभयो ।

नेकपा एमालेका नेताकार्यकर्ता देश बनाउन रातदिन नभनी खटिरहेको तथ्य पनि नेता बस्नेतले बताउनु भयो । एमाले नेता–कार्यकर्ताको यही काम नै विरोधीलाई जवाफ भएको उहाँले प्रष्ट पार्नुभयो ।

स्थानीय तह निर्वाचन आइसकेको बताउँदै बस्नेतले राजनीतिमा जनता नै भगवान भएको बताउनुभयो । जनता भगवान भएकोले सही निर्णय गर्ने उहाँले प्रष्ट पार्नुभयो । ‘निर्वाचनमा धान र साँबो उस्तै उस्तै भएर आउन खोज्छ, जनताले धानलाई जोगाउँछन्, साँबोलाई टिपेर फालिदिन्छन्’, बस्नेतले भन्नुभयो ।

अहिलेको समाज चेतनशील समाज भएकोले समाजको भाव बुझेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । आगामी निर्वाचनमा जनताले सबै कुराको विचार गरेर मतदान गर्ने पनि बस्नेतको भनाई छ ।