२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:09 am
खेलकुद

इमर्जिङ टिम्स कपमा नेपालले आज यूएई ‘ए’सँग खेल्दै

सूचना प्रेस २०८० श्रावण ३ बुधबार ००:००, ०८:३४ बजे १ मिनेट पढाइ

काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो अन्तिम खेल आज यूएई ए विरुद्ध खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा १० मा पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ ।

समूह बी मा यसअघि नै लगातार २ खेल हार्दै बाहिरिसकेको नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ। नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ।

नेपाल र यूएई ए यसअघि पाकिस्तान ए र भारत ए सँग पराजित भएका थिए।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। यूएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो।

आजै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ। यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। समूह ए बाट श्रीलंका ए समूह विजेता र बंगलादेश ए समूह उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ।