११ कार्तिक २०८१, आइतबार 1730016751
Banner

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले म्याद थपका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालत उपस्थित गराएको थियो ।