११ कार्तिक २०८१, आइतबार 1730059707
Banner

काठमाडौं र ललितपुरका यी क्षेत्रमा आज जादैछ बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज टेकू सबस्टेसनबाट आपूर्ति भइरहेको विद्युत् बन्द हुने जनाएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गर्ने भएकाले आज विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ । 

“टेकू स्युचाटार ६६ केभी लाइन १३२ के।भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुईवटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ,” प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “टेकू सबस्टेसनबाट आपूर्ति भइरहेकाले विभिन्न क्षेत्रमा उल्लेखित फिडरहरूमा विद्युत् सेवा प्रभावित हुनेछ ।”