१० कार्तिक २०८१, शनिबार 1729995029
Banner

ललितानिवास प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनलाई जोरपाटीस्थित निवासबाट पक्राउ गरिएको हो ।

सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो पनि विवादमा तानिएका छन् । ४०६ जनाविरुद्ध अदालतबाट पक्राउ अनुमति(पुर्जी) लिइएको छ ।

तीमध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

Tags :