११ कार्तिक २०८१, आइतबार 1730023778
Banner

शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका छन् ।

जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

मोरङका जिल्ला सभापति समेत रहेका लिम्बुले भने, ‘हिजो चुनाव तपाईले गिरीजाप्रसाद कोइरालासँग लड्नुभयो । वरिष्ठ नेता प्राप्त गर्नुभयो । अहिले डा. शेखर कोइरालाले किन प्राप्त नगर्ने ?’

यसअघि केन्द्रीय समिति बैठकमा नै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरेका थिए ।

Tags :