काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर ५० लाख रुपैयाँसम्म लिएको कर्जामा जोखिम भार १ सय प्रतिशत मात्रै कायम गरिने बताएको छ ।
आइतबार मौद्रिक नीति सार्वजनिकपछि यसबारे प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा भने हालकै जोखिम भार १५० प्रतिशतलाई यथावत राखिने बताए ।
हाल भने २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशत र सोभन्दा माथिको रकममा १५० प्रतिशत गरिएको छ ।
साना ऋणीमा सेयर धितो कर्जा प्रवाहका लागि बैंकहरुलाई प्रोत्साहन गर्ने र ठूलालाई निरुत्साहन गर्ने नीतिअरुप राष्ट्र बैंकले यो कदम चालेको देखिन्छ । सेयर धितोमा जाने सबै कर्जामा जोखिमभार १०० प्रतिशतमा झार्नुपर्ने सुझाव लगानीकर्ताले दिँदै आएका थिए ।