७ मंसिर २०८१, शुक्रबार 1732313072
Banner

अध्यक्ष ओलीसँग श्रीलङ्का र नाइजेरियाका पूर्वराष्ट्रपतिबीच भेट

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आमनिर्वाचनमा पर्यवेक्षणका लागि त्यहा पुगेका अध्यक्ष ओलीले हिजो उनीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ ।

श्रीलङ्का पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुगेका थिए ।
यसअघि निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गरेका थिए ।

अध्यक्ष ओलीले आज कम्बोडियामा भएको निर्वाचनमा तीन वटा मतदान केन्द्रमा पुगि पर्यवेक्षण गरेका छन् । साउन २ गते निर्वाचनको पर्यवेक्षकका लागि कम्बोडिया गएका उनी आज स्वदेश फर्किँदै छन् ।

Tags :