७ मंसिर २०८१, शुक्रबार 1732312291
Banner

कृषिमन्त्रीको राजनीनामा माग गर्दै किसान आन्दोलित

काठमाडौं । कृषिमन्त्री वेदुराम भुषालको राजनीनामा माग गर्दै कालिमाटी तरकारी बजारका किसान आन्दोलित भएका छन् ।
सोमबार ९ वटा किसान संघसंगठन अब चार राष्ट्रिय किसान सञ्जालले सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राखेर आन्दोलन गरेका हुन् ।

तरकारी बजारका सटर र स्टलहरु खुल्ला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने, विना प्रतिस्पर्धा भाडामा दिन सम्झौता खारेज गर्नुपर्ने, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर्नुपर्ने लगायतका माग उनीहरुका माग छन् ।

Tags :