काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानबाट आफू कुनै हालतमा पछि नहट्ने अडान बताएका छन् ।
‘समाजवादी यात्राको चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
सो क्रममा उनले कानून सबैलाई समान हुने भन्दै उनले कोही पनि दोषीलाई नछाडिने प्रतिबद्धता जनाए ।
उनले भने, ‘प्रश्न उठिरहेको छ कि यो कहाँसम्म जान्छ रु मैले बारम्बार भनेको छु, स्वच्छ र निस्पक्षरुपमा अनुसन्धान अगाडि बढाइने छ । तथ्य(प्रमाणको आधारमा दोषी फेला पार्न जहाँसम्म जानुपर्ने हो, त्यहाँसम्म पुग्छ । दोषीलाई छोडिदैँन । प्रहरीलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि अनवश्यक निर्देशन दिइएको छ ।’
भ्रष्टाचारविरुद्धको कारबामा विभिन्न दबाबको सामना गर्नुपरिरहेको श्रेष्ठले गुनासो गरे ।
‘यहाँ त अचम्म छ । नहुनु पनि किन । त्यसलाई स्वाभाविक मान्छु । अलिकति नेताहरू दोषी, अपराधी देखिए, मुद्दा चलाइयो भने राजनीतिक पार्टीका नेताहरू कराउँछन्( यो त भएन नि भनेर । उद्योगी(व्यवसायी पक्राउ परे भने हामीले ट्याक्स तिरेका छौं, राज्य चलाउन सहयोग गरेका छौं, हामीलाई गर्ने रु भन्छन् । कर्मचारी परे भने कर्मचारीलाई कहाँ पाइन्छ भन्छन् । त्यसोभए कसलाई गर्ने कारबाही रु निमुखा, गरिब, शक्तिहीन जनतालाई मात्रै गर्ने रु धनीलाई एउटा कानून, गरिबलाई अर्को कानून म मान्दिनँ । सरकारले त्यसलाई स्वीकार गर्दैन । राजनीति गर्ने नेतालाई एउटा, कर्मचारीलाई एउटा, जनतालाई अर्को कानून हुन सक्दैन । सबैलाई कानून बराबरी हुन्छ । रुल अफ ल स्थापना गर्नैपर्छ ।’