१० कार्तिक २०८१, शनिबार 1729987936
Banner

शेखर कोइरालालाई सभापति बनाएरै छाड्छौँ : गुरुङ

काठमाडौं । कांग्रेसका उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङले १५औं महाधिवेशनमा डा. शेखर कोइरालाई सभापति बनाएरै छाड्ने बताएका छन् ।

मंगलबार वीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै आफूहरूको अजुनदृष्टि १५औं महाधिवेशन हुने बताउँदै यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले पार्टी रुपान्तरणको अभियान लिएर १४औं महाधिवेशनमा उठेका थियौं । त्यो रुपान्तरणको अभियान सकिएको छैन । विश्राम लिएका छैनौं । अहिले नै रुपान्तरणको नाम पार्टी सभापति बदल्ने कि नबदल्ने भन्ने प्रश्न पनि उठ्छ । तर, पनि मैले भन्दै आएको छु १४औं महाधिवेशनपछि नपुग्ने र नहुने कुरा गर्न चाहन्नँ । मैले अहिले नै खरो ढंगबाट पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्नँ, सक्दिनँ । भन्दिनँ पनि । अब पार्टी रुपान्तरणको लागि १५ औं महाधिवेशनलाई लक्ष्य बनाएका छौं ।’

यस्तै, उनले सरकारले सबै नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले बसेर भनेको छु अघि बढ्नुस् एउटापछि अर्को फाइल खोल्दै जाने, जोजो पर्छन् पर्छन् कांग्रेस, एमाले, माओवादी कोको पर्छन् मलाई थाहा छैन । तर, एकपछि अर्को गरी फाइल खोल्दै ठोक्दै जाने हो । भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउने नै हो भनेर कुरा भएको छ ।’

उनले आफू हिजोकै ठाउँमा भएको उल्लेख गर्दै मन्त्री छाड्न परे तयार भएको तर विचार, सिद्धान्त नछाड्ने बताए ।

उनले भने, ‘हामीले सुशासन स्थापना गराउँने हो भने उच्च तहका नेताहरुको सम्पत्ति छानविन गरेर अघि बढ्नुपर्छ । त्यसलाई स्थापित गरेर अघि बढ्नुपर्छ । त्यसो गर्न नसके हामी पनि उही ड्याङको भइहाल्छौं । घनराज गुरुङ र शेखर कोइराला फरक कांग्रेस हो भने पनि पहिला हाम्रो सम्पत्ति छानविन गरेर देखाउ सरकार भनेर भन्न सक्नुपर्छ। छानविन समिति गठन गर्नुपर्छ । म आफैं सरकारमा छु नीति तथा कार्यक्रममा लेखिसकेपछि हामीले भन्नै पर्छ अब सरकारले ढिलोचाँडो उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्नका लागि आयोग गठन गरेरै छाडिन्छ ।’

Tags :