१० कार्तिक २०८१, शनिबार 1729981161
Banner

कोशी सरकार गठन प्रक्रिया असंवैधानिक, सभामुखले पार्टी कार्यकर्ताझै काम गर्न मिल्दैन : भीमार्जुन

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले सभामुखले पार्टीको कार्यकर्ताको भूमिकाझै काम गर्न नमिल्ने बताएका छन् ।

कोशी प्रदेश सरकार गठनमा सम्बन्धी विवाद बहसका क्रममा सर्वोच्चको पूर्णइजलासमा मंगलबारदेखि सुरू भएको बहसमा आचार्यले यस्तो बताएका हुन् ।

आचार्यले भने, ‘सभामुखले सरकार गठनका लागि मत दिएको, समर्थन गरेको रेकर्ड छैन । मत बराबर भएको अवस्थामा निर्णायक मत दिनेसम्म कल्पना कानूनले गरेको छ । तर, यहाँ सभामुखले सरकार गठनमा समर्थन गरेर गैरकानूनी काम गरे ।’

निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमा निवेदकका तर्फबाट बहस गर्दै आचार्यले सभामुख पद राजनीतिक रुपमा तटस्थ भएको तर्क गरे ।

‘सभामुख भइसकेपछि दलको आबद्धता छाडेको घोषणा गर्नुपर्छ । उनी सदनको सदस्यका रूपमा रहन्छन् । तर सांसदभन्दा माथिल्लो हैसियतमा’ , आचार्यले भने, ‘अरुले गोल गर्न सकेनन्, म गोल गर्छु भन्न पाइँदैन ।’

टिकाराम भट्टराई, बोर्णबहादुर कार्की, माधव बास्कोटालगायतले पनि बहस गरेका छन् ।

Tags :