१० मंसिर २०८१, सोमबार 1732515090
अर्थ

एनआईसी एशिया क्यापिटलले बोलायो साधारण सभा, ४६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले सातौ वार्षिक साधारण सभा आव्हान गरेको छ । साउन ९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ४६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत सभाले पारित गर्ने कार्यक्रम तय भएको छ । 

क्यापिटलले यस वर्ष नगद लाभांशका लागि ९ करोड २० लाख रकम छुट्याएको हो । यसका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत सभाले पारित गर्नेछ ।