१० कार्तिक २०८१, शनिबार 1729980794
Banner

नेपाललाई बंगलादेशको पेयरा बन्दरगाह प्रयोग गर्न अफर

काठमाडौं । बंगलादेशले नेपाललाई पेयरा बन्दरगाह प्रयोग गर्न अफर गरेको छ ।

सोमबार संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनको साइडलाइनमा भएको वार्तामका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यस्तो प्रस्ताव गरेकी हुन् ।

बंगलादेशको सञ्चारमाध्यमअनुसार छलफलमा प्रधानमन्त्री दाहालले बंगालदेशमा पढ्नका लागि पुगेका नेपाली विद्यार्थीहरुको पनि चर्चा गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री दाहालले हसिनाको नेतृत्वमा बंगालदेशले हासिल गरिरहेको विकासको प्रशंसा गरेका थिए ।

यस सन्दर्भमा प्रधानमन्त्री हसिनाले नेपालबाट ४० मेगावाट जलविद्युत आयात गर्न भारतसहित भएको त्रिपक्षीय सम्झौता पछि अब थप विद्युत् आयात गर्न कदम अगाडि बढाउने आश्वासन दिएकी थिइन् ।

Tags :