१० कार्तिक २०८१, शनिबार 1729988147
Banner

अर्थमन्त्रीद्वारा त्रिवि विमानस्थल निरीक्षण

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयको अनुगमन गरेका छन् ।

१०० किलो सुन भित्रिएपछि अर्थमन्त्री र गृहमन्त्रीको आलोचना भइरहेका बेला उनी आज त्रिवि विमानस्थलको निरीक्षणका लागि विमानस्थल पुगेका हुन् ।

गत असार ३० गते हङकङबाट क्याथे प्यासिफिक एयरलायन्सको कार्गो विमानबाट ‘ब्रेक शु’मा राखेर अवैध सुन ल्याउने गरेको खुलेको थियो । विमानस्थल भन्सार कार्यलयबाट जाँचपास भएको उक्त अवैध सुन राजश्व अनुसन्धानको टोलीले समातेपछि तीन कर्मचारीलाई निलम्बन गरिएको छ ।

यसबीचमा सरकारले विमानस्थल भन्सार प्रमुख समेत फेरिसकेको छ । विमानस्थल भन्सार कार्यलयमा टोकराज पाण्डेलाई पठाएको छ । यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि विमानस्थलको निरीक्षण गरेका थिए ।

Tags :