११ कार्तिक २०८१, आइतबार 1730023994
Banner

एक क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलको होटल भियनाका सञ्चालक पक्राउ

काठमाडौँ । राजस्व अनुसन्धान विभागले १ क्विन्टल सुन तस्करी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।

विभागले ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो । उक्त होटलका सञ्चालक छिरिङलाई आज बिहान विभागले पक्राउ गरेको हो ।  

विभागले हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि होटल भियनामा छापा मारेको हो । विभागले सो होटलबाट सिसिटिभी फुटेज र कम्प्युटर पनि जफत गरेर अनुसन्धान सुरु गरेको छ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरू देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ ।