११ कार्तिक २०८१, आइतबार 1730038927
Banner

संघीय शिक्षा विधेयक संसद्मा पठाउन मन्त्रिपरिषद्को स्वीकृति

 काठमाडौं । सरकारले संघीय शिक्षा विधेयक संसद्मा पठाउन स्वीकृति दिएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषदुको बैठकले उक्त विधेयक संसद्मा पठाउनका लागि स्वीकृति दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् ।

‘लामो प्रतिक्षारत संघीय शिक्षा ऐन क्याविनेटको विधेयक समितिबाट क्याविनेटमा आएको थियो । क्याविनेटले संसद्मा पठाउन स्वीकृति दिएको छ,’– मन्त्री शर्माले भनिन् ।