२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:33 pm
Banner

माओवादीको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

सूचना प्रेस २०८० श्रावण १७ बुधबार ००:००, ०६:०२ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ।

फाइल फोटो

काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा विहान ११ बजे सुरु हुने बैठकमा ३ सय ८५ केन्द्रीय सदस्य, १ सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १ सय पदाधिकारी तथा विभिन्न आयोगका ७५ जना गरी ७ सय ५८ जना सहभागी हुने पार्टीले जनाएको छ।

बैठकमा महासचिव देवप्रसाद गुरुङले बैठकको एजेन्डा तथा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ। पाँच दिनसम्म चल्ने बैठकमा सबै केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमा धारणा राख्न पाउनेछन्। बैठकको प्रत्यक्ष प्रसारण अध्यक्ष दाहालको फेसबुक पेजबाट गर्ने निर्णय गरेको पदाधिकारी बैठकले गरेको छ।

यो निर्णयप्रति कतिपय केन्द्रीय सदस्यहरूले आपत्ति जनाएपछि आज बिहान बस्ने स्थायी समिति बैठकले अन्तिम निर्णय लिने पार्टीले जनाएको छ।