११ कार्तिक २०८१, आइतबार 1730066416
Banner

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीवार पनि बस्दैछ । बुधवारदेखि शुरू भएको बैठक दोस्रो दिनका लागि बिहान ११ बजे बोलाइएको छ । बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि बुधवार १८ नेताले धारणा राखेका थिए । बिहीवार पनि प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी रहनेछ ।

हिजोको बैठकमा अध्यक्षले राख्नुभएको प्रस्तावमाथि धारणा राख्न चाहेका नेतालाई नाम टिपाएका आधारमा पालैपालो बोल्न दिइएको थियो । बैठकको प्रारम्भमा सम्बोधन गर्दै अध्यक्ष दाहालले बैठकको आवश्यकता, राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनका सन्दर्भमा धारणा राखेका थिए।