११ कार्तिक २०८१, आइतबार 1730024349
समाचार

जातीय समुदायमाथि गम्भीर आरोप लगाएर विवादमा आएकी अधिवक्ता भगवती पाण्डे हिरासत मुक्त

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् । जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनलाई थुनामुक्त गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार प्रमाण लाप गर्ने अवस्था नभएको भन्दै अदालतले हिरासतमा राख्न म्याद दिएन । त्यसपछि २ साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा उनलाई बुधबार विहान पक्राउ गरिएको उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए । उनीहरुले पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन पनि गर्दै आएका थिए ।