२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:09 pm
Banner

भारतको उत्तराखण्डमा पहिरोमा परेर १६ नेपाली बेपत्ता, दुईजनाको शव भेटियो

सूचना प्रेस २०८० श्रावण २० शनिबार ००:००, ०५:५१ बजे १ मिनेट पढाइ

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा पहिरोमा परेर १६ जना नेपाली बेपत्ता भएको अनुमान गरिएको छ । 

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार गौरीकुण्ड, केदारनाथ धामको पैदलयात्रा सुरु हुने स्थान नजिकै गएको पहिरोमा परी सोही स्थानमा होटल चलाएर बसेका जुम्लाका एकै परिवारका सातजना, रोजगारीका लागि गएका जुम्लाकै अन्य चार जना र कालिकोटका पाँचजना बेपत्ता भएको अनुमान गरिएको छ । 

आज बिहान ९ बजेतिर मन्दाकिनी नदीको किनारामा फेला परेका तीनवटा शवमध्ये दुईजना नेपाली नागरिक र एकजना भारतीय नागरिक रहेको बुझिएको दूतावासको प्रेस वक्तव्यमा उल्लेख छ । 

दूतावासले दुईजना नेपालीमध्ये एकजना कालिकोट निवासी टेकबहादुर कामीको सनाखत भएको र अर्को शवको अनुहारमा चोट लागेकाले हालसम्म सनाखत हुन नसकेको बताएको छ ।

Uttarakhanda1691164805.jpg