७ मंसिर २०८१, शुक्रबार 1732311781
Banner

बिमस्टेकको पाँचौ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन, दीगो विकास लक्ष्यलाई पूरा गर्नुपर्छ’

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताउनुभएको छ ।

श्रीलंकामा जारी बंगालको सहयोगका प्रयास बिम्स्टेकको पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले दीगो विकास र शान्तिको लागि विम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई पराष्ट पार्न सकिने धारणा राख्नुभयो । दीगो विकास लक्ष्यलाई पूरा गर्नुपर्ने धारणा राख्नुहुँदै भर्खरै मात्र अल्पविकसित देशबाट माथि उठेको देश नेपाललाई यो लक्ष्य महत्वपूर्ण भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले बिस्टेकलाई नयाँ प्रतिबद्धतासहित नयाँ जीवन दिनको लागि सबै सदस्य राष्ट्रहरु शक्तिलाई केन्द्रीकृत गर्न आग्रह गर्नुभयो । बिस्टेकको प्रक्रिया अगाडि बढाउनको लागि पहिलेजस्तै नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ थियो ।