११ कार्तिक २०८१, आइतबार 1730038881
Banner

माओवादी केन्द्रभित्र विप्लवको प्रभाव कि शर्मा-पुनको सन्त्रास ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिवद्वोय बर्षमान पुन र जनार्दन शर्मा पार्टीमा उत्तराधिकारी घोषणा गर्नुपर्ने पक्षमा एक भएका छन् । पार्टीको कन्द्रीय समितिमै उनीहरूले आफूहरूमध्ये १ लाई पार्टीको उत्तराधिकारी तयार गरेर जानुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले आफूलाई पार्टीको उत्तराधिकारी खोजिरहेपनि पार्टीभित्र यी २ पात्र ओचित हुँदै गएका छन् । उनीहरूलाई यतिबेला अध्यक्ष पुष्पकल दाहाल‘प्रचण्ड’लाई असहयोग गरेको आरोप लागिरहेको छ । यही बेला पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण जस्ता विषयमा बहस सुरु भएको छ ।

पार्टीभित्र शर्मा संगठन विभाग प्रमुख छन्, भने पुन केन्द्रीय कार्यालय प्रमुख हुन् । उनीहरूलाई अहिले चलिरहेको केन्द्रीयस समितिका लागि संगठनको प्रतिवेदन र राजनीतिक प्रतिवेदन लेख्ने जिम्मेवामारी पनि छ । तर, उनीहरू अहिले आफूले पाएको जिम्मेवारी कसरी पुरा गर्ने भन्ने भन्दा पनि आफूलाई उत्तराधिकारी बनाउने की नबनाउने भन्ने दबाब प्रचण्डलाई दिइरहेका छन् ।

आठौं महाधिवेशनबाट महासचिव बन्ने दौडमा लागेका यी २ पात्रलाई अध्यक्ष प्रचण्डले पन्छाएर देव गुरुङलाई महासचिव बनाएपछि उनीहरू अब पनि माओवादीको कार्याकारी कुनै पदमा जान नपाइने होकी भन्ने सन्त्रासमा देखिन्छन् । पार्टीले दिएको जिम्मेवारी पुरा नगर्ने बरु गुट चलाएर पार्टीलाई घेराबन्दी गर्न सक्रिय रहेको आरोप उनीहरूमाथि छ । स्वयं प्रचण्डले समेत उनीहरूले पार्टीलाई मिलाएर लैजान सक्छन् भन्ने विश्वास गरेका छैनन् ।

शर्मा–पुनको गुट संघर्षकै कारण पार्टी पार्टी जस्तो नभएको आम नेता कार्यकर्ताहरूको बुझाई छ । भने यस्तो गुनासो पार्टी अध्यक्ष प्रचण्डले पनि गर्दै आएका छन् । सरकारमा सशक्त रूपमा उपस्थित भएको माओवादी यो केन्द्रीय समिति बैठकबाट नयाँ कार्यायोजना समेत आउने अपेक्षा आम कार्यकर्तामा थियो । तर, बैठकको चौथोदिनसम्म आइपुग्दा शर्मा–पुन आफूलाई उत्तराधिकारी घोषणा गर्ने की नगर्ने भन्नेमा केन्द्रीत छन् ।

खान्दानी शत्रु जस्तो ठान्ने शर्मा–पुन अहिले एक ठाउँमा उभिएर उत्तराधिकारी खाज्नुका कारण भने प्रचण्डको स्वभाव र रणनीतिसँग सशङ्कित भएर हो । आठौं महाधिवेशन जसरी प्रचण्डले शर्मा–पुनलाई साइजमा राखेर व्यवस्थापन गरेका थिए, अब पनि त्यही गर्ने योजनामा देखिन्छन् प्रचण्ड । प्रचण्डको यो चाल बुझेका उनीहरू अब पनि आफूहरू पछि परे पार्टीको कार्यकारी पदमा जान नसकिने बुझाई रहेको उनीहरूकै अभिव्यक्तिमा देखिन्छ ।

सरकारको नेतृत्व गरिरहेका प्रचण्ड नेपालमा कम्युनिष्ट पार्टीहरू मिलाएर समाजवादी केन्द्र बनाउने योजनामा छन् । उनले यो प्रस्ताव पार्टीबाट स्वीकृत समेत गराइ सकेका छन् । समाजवादी केन्द्र बनाउनुभन्दा पहिले प्रचण्ड माओवादी घटकसँग एकता गर्ने समेत तयारीमा छन् । जस अनुसार बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपासँग अन्तिम तयारी छन् ।

पार्टी भित्र आफूबाहेक सबैलाई मिलाएर लैजान सक्ने नेता नदेखेका प्रचण्ड यतिबेला आफ्नो उत्तराधिकारी खोजिरहेका छन् । उनले खसलाई आफू पछिको नेता बनाउँछन्, उनले बोलेका छैनन् । तर, समाजवादी केन्द्र निर्माणको पहल सुरु भएदेखिनै प्रचण्ड विप्लवलाई आफू पछिको नेता बनाउने मूडमा रहेको माओवादी केन्द्रकै नेताहरू बताउँछन् । यद्यपि, उनले पार्टी भित्रका नेताहरू शर्मा–पुनलाई मिलाउन पनि यो खेल खेलेको हुन सक्ने नेताहरूको बुझाई छ ।

प्रचण्डले जेका लागि विप्लव मोह बढाएपनि माओवादीसँग विप्लव पार्टी एकता गर्ने हल्लाले पार्टी भित्रका अधिकांश तल्लो तहका नेताहरू खुसी छन् । कार्यकर्तामा विप्लव मोह बढ्नु र पार्टीभित्र आफूहरूप्रति आलोचना बढ्दै जाँदा शर्मा-पुन अहिले जसरी पनि प्रचण्डको उत्तराधिकारी बन्ने दाउमा देखिन्छन् । उनीहरू अहिले मिडियादेखि पार्टी बैठकमा समेत विप्लवका विरोध गर्ने र आफूलाई उत्तराधिकारी घोषणा गर्न माग गरिरहेका छन् ।