११ कार्तिक २०८१, आइतबार 1730024327
राजनीति

कार्यालय समयबाहेक आफ्नै स्कुटरमा हिड्छन् मेयर मिठाराम अधिकारी

काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी कार्यालय समयमा मात्र नगरपालिकाको गाडि चड्ने जनप्रतिनिधि हुन् । उनी आफू मेयर भएपछि पाउने सेवा सुविधा नगरपालिकाको काम हुँदा मात्र प्रयोग गर्छन् । सामान्यतय जनप्रतिनिधिलाई जनताको सेवा गर्नका लागि सहज बनाउन सरकारी सेवा सुविधि दिइन्छ । तर, मेयर अधिकारी शनिबार, विदाको समय वा अन्य कुनै पनि समयमा नगरपालिका बन्द रहेको समयमा नगरपालिकाको गाडि वा सेवा सुविधा प्रयोग गर्दैनन् ।

सार्वजनिक सम्पत्तिको सदुपयोग गर्न जोड दिने अधिकारी अन्य समयमा आफू स्कुटर प्रयोग गर्छन् । यसको पहल उनले नगर प्रमुखले प्रयोग गर्ने सार्वजनिक सवारीको उपयोग कार्यालय दिनमा मात्र प्रयोग गरेर गरेका छन् । उनी सबै जनप्रतिनिधि वा सरकारी कर्मचारीले समेत कार्यालय समयमा मात्र सरकारी सेवा सुविधा प्रयोग गर्नुपर्ने बताउँछन् ।

सनिवार होस् वा कुनै पनि सार्वजनिक विदाको दिन होस् बुढानिलकण्ठ नगरपालिकाका प्रमुख अधिकारीलाई प्राय उनको निजि स्कुटरमा देखिने गरिएको छ।

नगरपालिकाले उपलव्ध गराएको सवारी उनले त्यस्ता विदा परेका दिनमा प्रयोग नगर्ने घोषणा गरेका छन् । सरकारी सुविधा भनेपछि मरिहत्ते गर्ने अहिलेको परिपेक्षमा मेयर अधिकारीको पहलको नगरवासीले निकै प्रसंशा गरेका छन । विभिन्न राजनीतिक दलका व्यक्तिहरुले पनि यो कामलाई निरन्तरता दिन सुझाव समेत दिएका छन।