२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 10:24 pm
अर्थ

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

सूचना प्रेस २०७८ चैत्र १६ बुधबार ००:००, ११:५४ बजे १ मिनेट पढाइ

काठमाडौँ – भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

एक साताअघि बढेको पेट्रोलको मूल्य अहिले लिटरको ११८ भारतीय रुपैयाँ पुगेको छ ।

डिजेलको भाउ पनि बढेर लिटरको एक सय नाघेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

रुस युक्रेन युद्धका कारण आपूर्तिमा कटौती भएपछि एक सातामा दुई पटक भाउ बढेको हो ।