११ कार्तिक २०८१, आइतबार 1730031215
राजनीति

लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त

काठमाडौं । लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा पूर्वराज्यमन्त्री डा ल्हारक्याल लामा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले दुवै संविधानसभाको सदस्यसमेत रहेका डा.लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरको हो ।

यसअघिका उपाध्यक्ष अवदेश त्रिपाठीको सात वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उपाध्यक्षमा बौद्ध धर्मका गुरुलाई नियुक्त गरिएको एक मन्त्रीले बताए । विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका केन्द्रीय सचिवसमेत रहेका डा.लामालाई पाँच वर्षका लागि नियुक्त गरिएको हो ।

डा.लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत छन् ।