७ मंसिर २०८१, शुक्रबार 1732291201
Banner

सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको डा. बाबुराम भट्टराईको दाबी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको दाबी गरेका छन् ।

शनिबार कर्णाली राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताए ।

‘यो प्रकरणमा मेरो नाम जोडिएको हुँदा छानबिन गरोस् म तयार नै छु,’ उनले भने, मेरो पालाबाट नै ललिता निवासको विषयमा सानो निर्णय भएको हो ।

३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो । त्यो मेरो नियतबस नभई मन्त्रिपरिषद्को निर्णय हो ।सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेका छन् ।’

देशको जटिल भूराजनीतिक, हिमाल पहाड तराई मधेसका जातीय समुदायबीचको पहिचान र अधिकारसहित संघीय प्रदशेहरुको व्यवस्थापन, लोकतन्त्रका अपूर्णतामा शासकीय स्वरुपमा कमजोरी भएको स्वीकार्दै चरम भ्रष्टाचारको बिगबिगी र गरिबी बेरोजगारी जस्ता मुख्य समस्याहरू समाधान गर्न नेपाली कांग्रेस, एमाले र माओवादी लगायतका दलहरू खासै क्रियाशील नभएको भट्टराईले आरोप लगाए ।

सत्ता परिवर्तनको खेल खेलिरहनेभन्दा संविधान नै संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

Tags :