८ मंसिर २०८१, शनिबार 1732352160
Banner

प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिशोध साध्न खोजे : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिशोध साँध्न खोजेको आरोप लगाएका छन् ।

आइतबार पार्टीको जारी संसदीय दलको बैठकमा बोल्दै पार्टीका सांसद सुनिल शर्मालाई पक्राउको विषयलाई लिएर यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘सुन बाहिरबाट ल्याएर नेपाललाई अखडा बनाइँदैछ । यहाँबाट टनका टन भारत गइरहेका छ । योभन्दा धेरै टनका टन सुन पहिला पनि गएको हुनसक्छ ।’

उनले सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्नुपर्ने बताए । कांग्रेसको जारी बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको चर्को आलोचना भइरहेको छ ।