८ मंसिर २०८१, शनिबार 1732350162
Banner

शेखरको सभापति देउवालाई प्रश्न : प्रधानमन्त्रीले जातीय राज्य दिन्छु भन्न थालिसके कांग्रेसले आपत्ति जनाउनुपर्दैन ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः जातीय राज्य दिन्छु भन्न थालेको भन्दै सभापति शेरबहादुरलाई विज्ञप्ति निकाल्नुपर्दैन भनी प्रश्न गरेका छन् ।

संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा कोइरालाले यस्तो बताएका हुन् ।

आदिवासी दिवसमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनकमात्र नभएर खेदजनकसमेत रहेकाले कांग्रेसले संस्थागतरूपमै खेद व्यक्त गर्नुपर्ने उनको भनाइ छ ।

कोइरालाले भने, ‘प्रचण्डजीले माओवादीलाई भोट दिनुस्, जिताउनुस्, जातीय राज्य हामी दिन्छौं भन्नुभयो । त्यो उहाँको पार्टीको कुरा हुन सक्ला, तर उहाँले अहिले आफू गठबन्धन सरकारको प्रधानमन्त्री भएको कुरा पनि भुल्नुहुँदैन । देशको प्रधानमन्त्रीको हैसियतले त्यसरी बोल्न मिल्दैन । यो विषय आपत्तिजनक छ, कांग्रेसले खेद प्रकट गर्नुपर्छ ।’

Tags :