७ मंसिर २०८१, शुक्रबार 1732316521
Banner

सप्तकोशीमा ३४ वर्ष यताकै उच्च पानी, कोशी ब्यारेज सबै ढोका खोलियो

विराटनगर । सप्तकोशी नदीमा पछिल्लो ३४ वर्ष यताकै उच्च पानी बगेको छ । पूर्वी पहाडी जिल्लाहरूमा केहि दिन यता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको छ ।

सप्तकोशी नदी स्थित कोशी नदीमा मङ्गलवार बिहान ४ बजे ४ लाख ६२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगेको छ । अहिले भने पानीको मात्र घट्दै गइरहेको छ ।

बिहान ६ बजे गरिएको मापन अनुसार कोशीमा ४ लाख ५२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

अहिले कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्यसेक पानी प्रति सकेकेण्ड बगेको रेकर्ड छ । कोशी व्यारेजमा पानीको मात्रा बढेपछि व्यारेज हुँदै आवत जावत बन्द गरिएको छ ।