११ कार्तिक २०८१, आइतबार 1730060002
पालिका

बूढानीलकण्ठ-६ टनगाउमा एक लाख लिटर पानी अट्ने रिजर्भ ट्याङ्की निर्माण कार्य सुरु

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ ले खानेपानी ट्याङ्की निर्माण कार्यको सुरुवात गरेको छ ।

वडा नम्बर ६ का सबै वडावासीलाई पानी खुवाउने योजनाका साथ टनगाउँमा एक लाख लिटर पानी अट्ने रिजर्भ ट्याङ्की निर्माण कार्यको सुरुवात भएको वडाध्यक्ष रवि खड्काले जानकारी दिए ।

उनले भने, ‘बुढानिलकण्ठ-६ वडाका सबैलाई पानी खुवाउने योजना अन्तगत टनगाउमा एक लाख लिटर पानी अट्ने रिजर्भ ट्याङ्की र त्यसैमाथि सानो ओभरहेड ट्याङ्की बनाउने कार्य सुरु भएको छ।’

साथै उनले जसरी भए पनि आमवडावासीको घरमा पानी पुर्याएरै छाड्ने उनले प्रतिबद्धता जनाए । ुजसरी हुन्छ जहाँबाट हुन्छ आम बुढानिलकण्ठ-६ निवासी सबैलाई पानी घर घरमै पुर्याउनेनै छु,’ उनले भने ।