१२ कार्तिक २०८१, सोमबार 1730103610
Banner

सदनको अवरोध खुलाउन सभामुखले प्रधानमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्दैछन् । बिहान ९ बजे बालुवाटारमा छलफल तय भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सभामुखले शीर्ष नेता, दलका सचेतकलगायत एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् । तर, संसद सुचारुको छाँटकाँट छैन । प्रतिनिधिसभाको अबको बैठक ३ गते बोलाइएको छ । सुन तस्करमा संलग्नलाई कारबाहिको माग भएपछि प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ ।