११ कार्तिक २०८१, आइतबार 1730066374
Banner

सभामुखले बोलाएको प्रमुख सचेतक र सचेतकसँगको छलफल सुरु

काठमाडौं । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले छलफल सुरु भएको छ ।

दलका प्रमुख सचेतक र सचेतकसँग सभामुखले सो छलफल गरेका हुन् । बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक छन् ।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सरकार समिति गठनको पक्षमा नहुँदा अझै कुरा मिल्न सकेको छैन ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अहिले राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग छलफल गर्दैछन् ।

Tags :