१२ कार्तिक २०८१, सोमबार 1730117776
Banner

समाजवादी मोर्चाको बैठक आज बस्दै

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बिहान बस्दै छ । बैठक बिहान साढे सात बजे नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने सम्भावना छ । साथै सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो ।